Aashu Diyera

आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ
हो, आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ
मनभरि व्यथा सारेर गयौ, व्यथामै बाँच्न सिकेँ
आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ

अब त सक्छु तिमीले जे दिए नि अँगाल्न
जानिसकेँ आँसु पिएर यो जिन्दगी सम्हाल्न
अब त सक्छु तिमीले जे दिए नि अँगाल्न
जानिसकेँ आँसु पिएर यो जिन्दगी सम्हाल्न

खुसी चुँडेर कहाँ लग्यौ? दुःखमा हिँड्न सिकेँ

मनभरि व्यथा सारेर गयौ, व्यथामै बाँच्न सिकेँ
आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ

कति सजिलो छ है अर्काको मन रुवाई हाँस्न?
तिमी त सक्छौ होला नि मबिना पनि बाँच्न
कति सजिलो छ है अर्काको मन रुवाई हाँस्न?
तिमी त सक्छौ होला नि मबिना पनि बाँच्न

मुटुमा गहिरो घाउ बनाई गयौ, त्यसैमा रम्न सिकेँ

मनभरि व्यथा सारेर गयौ, व्यथामै बाँच्न सिकेँ
आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ
मनभरि व्यथा सारेर गयौ, व्यथामै बाँच्न सिकेँ
आँसु दिएर गयौ, आँसुमै हाँस्न सिकेँ



Credits
Writer(s): Laxman Pokharel
Lyrics powered by www.musixmatch.com

Link