Mera Sabai Raat

मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोसीका बारातहरू भए
सबै बास बेहोसीका बारातहरू भए
मेरा सबै रात अब...

सधैँ यो सडकमा म...
सधैँ यो सडकमा म के-के रोज्दै हिँड्छु
आफन्तको माझमा परिचय खोज्दै हिँड्छु

भुलेर बजारभरिका...
भुलेर बजारभरिका हजार बैँसहरू
म त आफैलाई हराई आफै खोज्दै हिँड्छु
आफै खोज्दै हिँड्छु
मेरा सबै रात अब...

कहिलेकाहीँ बिर्सिएर...
कहिलेकाहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँड्छु

धेरै भयो अल्झेको...
धेरै भयो अल्झेको यहाँ भीडभित्र
यिनै भीडमा जिन्दगीको आभास खोज्दै हिँड्छु
आभास खोज्दै हिँड्छु

मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोसीका बारातहरू भए
सबै बास बेहोसीका बारातहरू भए



Credits
Writer(s): Norden Rumba
Lyrics powered by www.musixmatch.com

Link