Ma Kasari Bhanu

म कसरी भनुँ
यो माया हो?
न तिमी मेरी, न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो अनि मेरो
म कसरी भनुँ?

यति नजिक भएर पनि
हामी टाढानै हुनुपर्छ
एकै नदी भएतापनि

हामी दुईटा किनार हुनुपर्छ
म कसरी भनुँ, यो मिलन हो?
न तिमी मेरी, न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो अनि मेरो

म कसरी भनुँ?

तिम्रो मन मैले जितेर पनि
आफैँ सित म हार्नुपर्छ

कलिला कोमल प्रिती कोपिला
फुल्नु अघिनै मार्नुपछ
म कसरी भनुँ यो संगम हो?
न तिमी मेरी, न म तिम्रो



Credits
Writer(s): Gopal Yonzon
Lyrics powered by www.musixmatch.com

Link