Timilai Ma Ke Bhanu

तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?

तिमीलाई म के भनूँ?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?

उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?

फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा
फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालूँ म? नपिई बेहोश- बेहोश भएँ म

कहिल्यै नछुट्ने नशा भनूँ कि?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?

उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?

केही झुके- झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर
केही झुके- झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा तालबीच नसकी तर्न डुबेँ- डुबेँ म

कहिल्यै नछुट्ने तृष्णा भनूँ कि?
फूल भनूँ कि जून भनूँ?
फूल भनूँ कि जून भनूँ?

उपमा धेरै म के दिऊँ?
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ?



Credits
Writer(s): Deepak Jangam
Lyrics powered by www.musixmatch.com

Link