Mayajal Bunchhu Ma

हे यो नानीको परेली झिमझिम भो
परेली झिमझिम भो
मलाई पनि ईशारा दिमदिम भो

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे यो ठिटो त मात्यो कि जाँडैले
मात्यो कि जाँडैले
हानिरहन्छ नजरको वाणैले

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

मात्यो कि जाँडैले
मात्यो कि जाँडैले
हानिरहन्छ नजरको वाणैले

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे फूलै छुने बतासै सिरसिरे
बतासै सिरसिरे
मनै छुने आँखै छ मिरमिरे

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

बतासै सिरसिरे
बतासै सिरसिरे
मनै छुने आँखै छ मिरमिरे

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे नलगाऊ भो आँखाको सन्को
आँखाको सन्को
बढ्छ रहर चञ्चले यो मनको

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

आँखाको सन्को
आँखाको सन्को
बढ्छ रहर चञ्चले यो मनको

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे दन्तैलहर, क्या राम्रो खुलेको
क्या राम्रो खुलेको
सुने झैं भो आँखैले बोलेको

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
क्या राम्रो खुलेको
क्या राम्रो खुलेको
सुने झैं भो आँखैले बोलेको

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे आँखा लोभी मन पापी गर्नेलाई
मन पापी गर्नेलाई
के भनौं खै रुपैमा मर्नेलाई

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

मन पापी गर्नेलाई
मन पापी गर्नेलाई
के भनौं खै रुपैमा मर्नेलाई

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे कस्तो राम्रो मिलेको रुपरंग
मिलेको रुपरंग
थोरै सिन्दूर मिसा झैं दूधसँग

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

मिलेको रुपरंग
मिलेको रुपरंग
थोरै सिन्दूर मिसा झैं दूधसँग

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे हेर्छु ऐना, शर्माउँछु एक्लै म
शर्माउँछु एक्लै म
भन्छन् सँगी भा'छु रे बेग्लै म

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

शर्माउँछु एक्लै म
शर्माउँछु एक्लै म
भन्छन् सँगी भा'छु रे बेग्लै म

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे स्याउ झैं गाला, सुन्तले ओठ रैछ
सुन्तले ओठ रैछ
भन्लान् कल्ले त्यो रुपमा खोट रैछ

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

सुन्तले ओठ रैछ
सुन्तले ओठ रैछ
भन्लान् कल्ले त्यो रुपमा खोट रैछ

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे मायालुले फुरुक्कै पार्यो मन
फुरुक्कै पार्यो मन
रुप राम्रो कि हेराई हो राम्रो झन्

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

फुरुक्कै पार्यो मन
फुरुक्कै पार्यो मन
रुप राम्रो कि हेराई हो राम्रो झन्

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे तिम्लाई हेर्दै टोलाउन ला'को छु
टोलाउन ला'को छु
बीन ब'जाको सर्प झैं भा'को छु

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

टोलाउन ला'को छु
टोलाउन ला'को छु
बीन ब'जाको सर्प झैं भा'को छु

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे माया गर्ने मनलाई कि रुपलाई
मनलाई कि रुपलाई
केलाई रोज्छौ, छायाँ कि धूपलाई

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

मनलाई कि रुपलाई
मनलाई कि रुपलाई
केलाई रोज्छौ, छायाँ कि धूपलाई

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे धूपै बिना के बन्ला खै छायाँ
के बन्ला खै छायाँ
मनमा रुपै नबसे के मायाँ

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

के बन्ला खै छायाँ
के बन्ला खै छायाँ
मनमा रुपै नबसे के मायाँ

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे रुपको मायाँ रुपसँगै ढल्छ रे
रुपसँगै ढल्छ रे
मनको मायाँ जुनी भर चल्छ रे

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

रुपसँगै ढल्छ रे
रुपसँगै ढल्छ रे
मनको मायाँ जुनी भर चल्छ रे

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे सँगै रुम्ला सँगसँगै हासौंला
सँगसँगै हासौंला
बरपीपलको जोडी झैं बाँचौेंला

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

सँगसँगै हासौंला
सँगसँगै हासौंला
बरपीपलको जोडी झैं बाँचौेंला

मायाजाल बुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म

हे शीतको थोपा फूलको पातैमा
फूलको पातैमा
सुम्पें जोवन मायाको हातैमा

Credits
Writer(s): Diwan Kinar
Lyrics powered by www.musixmatch.com

Link