Pratirodh

आज बादल पनि निराश छ
किन हावा पनि निस्तेज छ
सायद तिमी नभएर होला
सायद तिमी नभएर होला
आज बादल पनि

Music

सम्झनाको प्रतिरोधलाई रोक्न खोजिरहेछु
अनगिन्ति मृगतृष्णा म पन्छ्यैरहेछु
राँको बनि यो मन दंकिरह्यो
प्रतिबिम्ब तिम्रै छाईरहयो
के गरी बुझाऊ प्रत्येक भावनालाई
सल्कीजाने अतृप्त चाहनालाई

Music

बादल पनि निराश छ
रुमलिने बिलाशता उराठ छ
रुमलिने बिलाशता उराठ छ
झुमिदिने शितल पनि मन्द मन्द छ
सायद तिमी नभएर होला
सायद तिमी नभएर होला
आज बादल पनि

समयको जालझेललाई तोड्न खोजिरहेछु
दोधारको गतिरोध म पन्छ्यैरहेछु
कोलाहाल यो मन बनिरह्यो
प्रतिबिम्ब तिम्रै छाईरहयो
के गरी बुझाऊ प्रत्येक भावनालाई
सल्कीजाने अतृप्त चाहनालाई



Credits
Lyrics powered by www.musixmatch.com

Link