Satai Dada

जति सुख भए पनि सुख भाग्दो रैछ
माइतीको त छायाँ पनि प्यारो लाग्दो रैछ
हो, सुन्यौ मेरा दाजै?

हे, मेरा दाजै, यसपालीको तीजमा त आऊ है मलाई लिन
आत्तेकी छु साह्रै, हो, हिँडीहाल्छु आजै
हे, मेरा दाजै, आत्तेकी छु साह्रै, हो, हिँडीहाल्छु आजै

सातै डाँडा काटेर लिन आउँछु अहिले
मेरी प्यारी बैनीको दिल दुखाएँ मैले
ए, नरोऊ बैनी, मेरी प्यारी बैनीको दिल दुखाएँ मैले

आमाजस्ती भाउजु मेरी रिसाईछौ र किन?
पोहोर सालको तीजमा कोही आएनौ लिन
हो, सुन्यौ मेरी भाउजु?

हे, मेरी भाउजु, यसपालीको तीजमा त आऊ है मलाई लिन
किनेकी छु सारी, हो, किनेकी छु पाउजु
हे, मेरी भाउजु, किनेकी छु सारी, हो, किनेकी छु पाउजु

बाबा थिए, आमा थिइन्, थियौँ स्याना स्याना
दाजु-बैनी साह्रै मिल्र्थ्यौँ, खेल्थ्यौँ साँझ, ब्यान
हो, बिर्स्यौ मेरा दाजै?

हे, मेरा दाजै, यसपालीको तीजमा त आऊ है मलाई लिन
आत्तेकी छु साह्रै, हो, हिँडीहाल्छु आजै
हे, मेरा दाजै, आत्तेकी छु साह्रै, हो, हिँडीहाल्छु आजै

भाँडाकुटी खेलेको बिँर्सुला र कहिले?
मेरी प्यारी बैनीको आत्मा रुहाएँ मैले
ए, नरोऊ बैनी, मेरी प्यारी बैनीको आत्मा रुहाएँ मैले

सँगै बसी दर खान लाछ साह्रै धोको
नन्द-भाउजु कति मिली बोक्थ्यौँ मूलको डोको
हो, बिर्स्यौ मेरी भाउजु?

हे, मेरी भाउजु, यसपालीको तीजमा त आऊ है मलाई लिन
किनेकी छु सारी, हो, किनेकी छु पाउजु
हे, मेरी भाउजु, किनेकी छु सारी, हो, किनेकी छु पाउजु



Credits
Writer(s): Pashupati Sharma
Lyrics powered by www.musixmatch.com

Link