Sannanilai Bhetna Aauda (From "Bhaire")

काठै खायो, मायालु, काठे किराले
यो ज्यान खायो, मायालु, तिम्रै पीरले
काठै खायो, मायालु, काठे किराले
यो ज्यान खायो, मायालु, तिम्रै पीरले

सान्नानीलाई भेट्न आउँदा रातै पऱ्यो बाटैमा
हाय, सान्नानीलाई भेट्न आउँदा रातै पऱ्यो बाटैमा
लाइटै थिएन साथैमा

हे, अँध्यारोमा के-भो, के-भो, आँखै पनि देखिन
लडेँ म त, सान्नानी, रातोमाटैमा
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा

दिनमा आउनु के भाथ्यो र, रात परेसी आएको?
हो-होइ, दिनमा आउनु के भाथ्यो र, रात परेसी आएको?
थियौ कि तीनपाने लाएको?

गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा
हो, इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा
घुम्ती मात्र बाटो रैछ, सिधा बाटो रैन
तिम्रो गाउँ आउने बाटो मैले पत्तो पाइन
पहिलो चोटि यो गाउँमा आको परदेशी
अचम्ममै परेँ म त तिम्रो चाला देखी

ओ, घुम्ती मात्र बाटो रैछ, सिधा बाटो रैन
तिम्रो गाउँ आउने बाटो मैले पत्तो पाइन
पहिलो चोटि यो गाउँमा आको परदेशी
अचम्ममै परेँ म त तिम्रो चाला देखी
तिम्रो चाला देखी

अँध्यारोमा के-भो, के-भो, आँखै पनि देखिन
लडेँ म त, सान्नानी, रातोमाटैमा
है, लडेँ म त, सान्नानी, रातोमाटैमा
है, लडेँ म त, सान्नानी, रातोमाटैमा

काठै खायो, मायालु, काठे किराले
यो ज्यान खायो, मायालु, तिम्रै पीरले
काठै खायो, मायालु, काठे किराले
यो ज्यान खायो, मायालु, तिम्रै पीरले

बदामी ओठ तिम्रो, आँखा लोला-लोला
त्यता धेरै नमुस्कुराऊ, यता गाह्रो होला
आँखैमा चस्मा तिम्रो, हातैमा झोला
धेरै नजिक नजाऊ, कान्छा, यो दिलैमा छोला

ओ, बदामी ओठ तिम्रो, आँखा लोला-लोला
त्यता धेरै नमुस्कुराऊ, यता गाह्रो होला
आँखैमा चस्मा तिम्रो, हातैमा झोला
धेरै नजिक नजाऊ, कान्छा, यो दिलैमा छोला
यो दिलैमा छोला

अँध्यारोमा के-भो, के-भो, आँखै पनि देखिन
लडेँ म त, सान्नानी, रातोमाटैमा
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा
ओ, लडेँ म त, सान्नानी, रातोमाटैमा

हो, सान्नानीलाई भेट्न आउँदा रातै पऱ्यो बाटैमा
लाइटै थिएन साथैमा

अँध्यारोमा के-भो, के-भो, आँखै पनि देखिन
लडेँ म त, सान्नानी, रातोमाटैमा
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा

दिनमा आउनु के भाथ्यो र, रात परेसी आएको?
थियौ कि तीनपाने लाएको?

गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा

हो, लडेँ म त, सान्नानी, रातोमाटैमा
हौ, इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा (काठै खायो, मायालु, काठे किराले)
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा (यो ज्यान खायो, मायालु, तिम्रै पीरले)
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा (काठै खायो, मायालु, काठे किराले)
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा (यो ज्यान खायो, मायालु, तिम्रै पीरले)
हो, लडेँ म त, सान्नानी, रातोमाटैमा (काठै खायो, मायालु, काठे किराले)
इज्जत फाल्यौ, मायालु, कोदोको झोलैमा (यो ज्यान खायो, मायालु, तिम्रै पीरले)



Credits
Lyrics powered by www.musixmatch.com

Link