Hajur Chhi

उकाली ओरालिहरुमा
भञ्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ति दहहरुमा
हिमालका बिशाल छातीहरुमा

जहाँ जहाँ जान्छौ तिमी
म पाइला बनी पच्छ्ययी रहन्छु
ती छहरा, खोल, खहरेहरुमा
समझना बनी बगिरहन्छु

उकाली ओरालिहरुमा

तराइका हरिया फाटमा
पहाड्का तरेलिहरुमा
तराइका हरिया फाटमा
पहाड्का तरेलिहरुमा
हिमालका सुन्दर अनि बिकट ति
बस्ती बस्तीहरुमा

जहाँ जहाँ जान्छौ तिमी
म बाटो बनी साथै रहिरहन्छु
ती सुस्केरा ठकर सुसेलिहरुमा
गीत बनी गुन्जि रहन्छु

उकाली ओरालिहरुमा

मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मिहरुमा
मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मिहरुमा
मन हर्ने सुन्दर दृश्य
शान्त सितल बातावरण्मा

जहाँ जहाँ जान्छौ तिमी
म आकश बनी देखी रहन्छु
ती लेक-बेसी अनि पाखाहरुमा
पवन बनी भेटी रहन्छु

उकाली ओरालिहरुमा



Credits
Writer(s): Tara Devi
Lyrics powered by www.musixmatch.com

Link