Mann Huni Ko Bazar

मन हुनेको बजार सस्तो धन हुनेलाई किनाएर
हो, मन हुनेको बजार सस्तो धन हुनेलाई किनाएर
माया गर्ने मुटु पनि लग्यौ आखिर छिनाएर
"माया गर्छु" भन्नेले, "तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले
"तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले

बाउ-आमाले भन्दा पनि तिम्ले माया गर्थ्यौ धेरै
हो, बाउ-आमाले भन्दा पनि तिम्ले माया गर्थ्यौ धेरै
हिजोभन्दा आज टाढा, हो, हिजोभन्दा आज टाढा
पहिले-पहिले थियौ मेरै, पहिले-पहिले थियौ मेरै

मेरो मनको जरा खन्यौ तिमी फुल्ने दिन आएर
मेरो मनको जरा खन्यौ तिमी फुल्ने दिन आएर
माया गर्ने मुटु पनि लग्यौ आखिर छिनाएर
"माया गर्छु" भन्नेले, "तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले
"तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले

दुईटा मुटु एउटै ठानेँ, आफ्नै सम्झी माया गरेँ
हो, दुईटा मुटु एउटै ठानेँ, आफ्नै सम्झी माया गरेँ
मेरो कुरा चल्दाखेरि, हो, मेरो कुरा चल्दाखेरि
"मरे हुन्छ" भन्छौ अरे, "मरे हुन्छ" भन्छौ अरे

कस्तो भूल गरेँ तिमीलाई सँगीहरूलाई चिनाएर
कस्तो भूल गरेँ तिमीलाई सँगीहरूलाई चिनाएर
माया गर्ने मुटु पनि लग्यौ आखिर छिनाएर
"माया गर्छु" भन्नेले, "तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले
"तिम्रो कसम, तिमीबिना मर्छु" भन्नेले



Credits
Writer(s): Shree Krishna Bam Malla
Lyrics powered by www.musixmatch.com

Link