Timilai Sancho Chhaina Bhanne

तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले
ओ, तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले

मेरै साथमा हुन्थ्यौ भने मैले ख्याल गर्थेँ होला
दुःख पर्दा टाढा नगई झनै नजिक सर्थेँ होला
हो, मेरै साथमा हुन्थ्यौ भने मैले ख्याल गर्थेँ होला
दुःख पर्दा टाढा नगई झनै नजिक सर्थेँ होला

तिम्रो मान्छे अप्ठेरोमा टाढिन्छ रे जहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले

आफ्नै हातले तताएर पानी दिन पाए पनि
मन त बुझ्ने थियो होला तिमीले नखाए पनि
हो, आफ्नै हातले तताएर पानी दिन पाए पनि
मन त बुझ्ने थियो होला तिमीले नखाए पनि

ओखती नि कर गरेर खुवाउने गर्थेँ पहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले

तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले



Credits
Writer(s): Santosh Shrestha
Lyrics powered by www.musixmatch.com

Link