Bagaidiyau

तिर्सनाको सुसेली यो कोही सुनिदेऊ
तिर्सनाको सुसेली यो कोही सुनिदेऊ
मेरो मनको अँधेरीमा जोती बनिदेऊ
तिर्सनाको सुसेली यो कोही सुनिदेऊ
मेरो मनको अँधेरीमा जोती बनिदेऊ

जीवन यो निराशाको भेल बनी बग्छ
जीवन यो निराशाको भेल बनी बग्छ
आस मेरो केही छैन, कथा बनिसक्छ

लाग्यो मलाई मेरो यस्तो रैछ जिन्दगानी
परेलीमा रुझिबस्ने ठान्छु घामपानी

बिलाइजान्छ यादहरू रङ्ग मनको उड्दै
बिलाइजान्छ यादहरू रङ्ग मनको उड्दै
पलाउँछ घाउ सधैँ तार दिलको चुँड्दै

सुसाउँछ विरहीको नसामूल फुटी
को पो होला सुनिदिने मेरो कथा बुझी?

तिर्सनाको सुसेली यो कोही सुनिदेऊ
मेरो मनको अँधेरीमा जोती बनिदेऊ

जोती बनिदेऊ
जोती बनिदेऊ
जोती बनिदेऊ



Credits
Writer(s): Bhairab Natha Rimal, Shakti Ballav, Shubha Bahadur
Lyrics powered by www.musixmatch.com

Link