Lau Suna Ma Bhanchhu

लौ सुन! म भन्छु मेरो रामकहानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी

म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यी आँसु रित्याउऊँ भनेर
तर आँसुले नै मलाई नै डुबाउँछ

यो बिधुवाको सिउँदो कि मेरो निसानी?
त्यो एक दिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी

तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म बिरानो, सबै नौलो पाएँ

यही गीत साँचेँ पछिलाई निसानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी



Credits
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com

Link