Manchheko Maya

मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारलाई छोई भाग्ने लहरको बानीजस्तो
मान्छेको माया यहाँ आँखाको नानीजस्तो
यो रात भगाई आउने सुन्दर बिहानीजस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
एक भेष मात्र नै हो

तिम्रो हेराइमा केवल आँखा छ, मुटु छैन
तिम्रो बोलाइमा स्वर छ, ढुकढुकी केही छैन

मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारलाई छोई भाग्ने लहरको बानीजस्तो

मायाको विशालता यो आकाश-धर्ती नै हो
माया त सत्य-सुन्दर आत्माको मूर्ति नै हो
आत्माको मूर्ति नै हो

तिमी पानीलाई आकार दिने कोसिस नगर
तिमी हावालाई सवभार दिने कोसिस नगर

मान्छेको माया यहाँ, मान्छेको माया यहाँ
आँखाको नानीजस्तो, खोलाको पानीजस्तो
यो रात भगाई आउने, किनारलाई छोई भाग्ने
सुन्दर बिहानीजस्तो, लहरको बानीजस्तो



Credits
Writer(s): Ramman Trishit
Lyrics powered by www.musixmatch.com

Link