Bholi Pani Aaja Jastai

भोलि पनि आज जस्तै माया गर्छौ?
भनिदेऊ
भोलि पनि आज जस्तै पर्खी बस्छौ?
भनिदेऊ
अनि भोलि पनि फर्की आउँछु तिम्रै लागि
पर्खिदेऊ
अनि भोलि पनि घाम लाग्छ फूल फुल्छ
हेरिदेऊ

सबै ठीकै छ अहिले
सबै ठीकै रहन्छ की?

केही साल पछाडि तिमी अर्कै म अर्कै हुन्छौँ की?
अनि बाटोमा देख्दा तिमी नचिने जस्तै गर्छौ की?
तिमी साथ त माग म बनिदिन्छु तिम्रो छायाँ
अनि बाटो छुटे नि टुटीने छैन माया ।

गिटार सोलो

न्यानो
तिम्रो न्यानो अँगालो
न्यानो
तिम्रो न्यानो अँगालो

केही समय बितेसि तिमी आफ्नै त्यो बाटो हिँड्छौ की?
हाम्रो लक्ष्यलाई छाडि तिमी आफ्नै गन्तव्य खोज्छौ की?
तिमी साथ त माग म बनि दिन्छु तिम्रो छायाँ
अनि बाटो छुटे नि टुटीने छैन माया ।



Credits
Lyrics powered by www.musixmatch.com

Link