Bistarai ma (feat. Surakshya Malla)

बिस्तारै म तिमी कहाँ
आउन्छु नि ल?
सधैँ माया
रुवाई रखेछौ मेरो मनलाई
सम्हालन।
रहरै भो तिमी सँग
आजीवन सँगै जिउन
हुन्न अरुको लागि यो भावना
बुझन।

सधैँभरि नै बाँधिएको झैँ
कता पो कता पो पोल्छ
नदेखेको झैँ गर्छु पनि मै
किन हो किन हो म त?

रित्तिसक्यो मुटु मेरो
माया सबै दिँदा तिमीलाई
जिद्दी छ मन सकिन्न बुझाउन
बुझन।
झुटो होला कती माया
मेरो माया होईन
फेरिदैन यो चाहना
बुझन
सुनन मेरो माया।

सुस्तरी तिमी आउ म कहाँ
मनमा सधैंभरि माया
अस्थिर छ मुटु है यहाँ
त्यसैले टाढा बसेछु म

तिमी छौ मन मस्तिष्कमा
हरेक समय तिम्रै सम्झना
बगिरहेछन् यी भावना
तर थुनिएको छु कहाँ?

सधैं बेरिने अन्धकार झैँ
कता पो कता पो छु म?
खाली खाली मन बुझाउनु तिमीलाई झन्
कसरी? कसरी म?

रित्तिसक्यो मुटु मेरो
माया सधैँ सबै तिमी नै
जिद्दी छ मन
सकिन्न बुझाउन
बुझन
झुटो होला कति माया
मेरो माया होइन
फेरिँदैन यो चाहना
सुनन
सुनन मेरो माया।



Credits
Writer(s): Aabhiskar Kc, Surakshya Malla
Lyrics powered by www.musixmatch.com

Link