Katha (Remake)

केही वर्ष अगाडीको कुरा यो
कक्षाकोठामा एउटा नयाँ केटीको
आगमन भयो
उसलाई देख्ना साथ
मेरो मुटु मसँग बोल्यो
भन्यो मलाई
"She is the one"
मलाई पनि एकछिन पछि त्यस्तै लाग्यो
अनि I felt like
She is the one
म लजाई लजाई पनि
उसको अघि गैदिएँ
म लजाई लजाई पनि
उसँग बोलिदिएँ
अनि हाम्रो कुराकानीहरु
बढ्दै गयो, बढ्दै गयो
दिन प्रति दिन
हामी अझै नजिकियौँ
कसरी भनूँ
तिमीलाई मनका कुरा?
भनी सोची बसेको थिएँ
एक दुई वर्ष
त्यही सोचमै मैले बिताइदिएँ
मनका कुरा सबै
मनमै गुम्सि बसिरहे

School को final day मा
तिमीलाई मनमा लुकेका
कुरा भन्छु सोचेको थिएँ
तर अन्तिम दिनमा
तिमीलाई कतै मैले देखिन
खोज्ने प्रयास कति मात्र गरेन
Hmmm
अनि म हतासिँदै बसेँ
कसो के गरूँ भनी
मनमा मेरो
कुराहरु धेरै खेलिरहे
भोलि पल्ट तिमीलाई call गरेँ
Phone पनि मेरो उठएनौ
Message पनि गरेँ
मेरो message पनि तिमीले हेरेनौ
दुई दिन पछि
तिम्रो मलाई call आयो
भेटुम् भनी तिमीले बोलायौ
Hmmm
भेट्ने दिनमा
मनका कुरा
भन्छु तिमीलाई म भन्दै
आँटेर बसेको थिएँ

Finally तिमीलाई भेट्न गएँ
तिम्रो मुहार देखे पछि
कल्पनामै म दुबिगएँ

अनि मेरो मुटु
आफै भित्र भित्रै रमायो
तिम्रो मुहार देखेर
फेरि तिमीमै दुबी गयो

एकछिन पछि
मनका सबै कुरा मैले भनेँ
एकछिन सुन्यता पछि केही सुनेँ
तिमीले पनि
मलाई माया गर्छौ रे
Ho
त्यस पछि हाम्रो
कुराकानी झन् बढ्दै गयो
माया त्यो मनमा भएको
पोख्दै हामी सँगै रह्यौँ
अनि मेरो कथा पनि
यतै टुङ्गी गयो
अनि मेरो कथा पनि
यतै टुङ्गी गयो



Credits
Writer(s): Prashim Raj Shrestha, Sumesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link