Timle Bato Fereu Are

तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे
तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे
यो हल्ला छ, तिमीले
यो हल्ला छ, तिमीले मेरो विश्वास सेऱ्यौ अरे
तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे

केही पलको बिछोडलाई सहन सकेनौ
केही पलको बिछोडलाई सहन सकेनौ
मेरो माया सम्झेर रहन सकेनौ
समयको खेल हारी भएथेँ म त दूर
आखिर चल्न थाल्यो त्यहाँ तिम्रै आफ्नै सुर

तिम्ले माया माऱ्यौ अरे, मेरो चाहा साऱ्यौ अरे
यो हल्ला छ, तिमीले
यो हल्ला छ, तिमीले अर्कैलाई रोज्यौ अरे
तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे

के सँगै नहुनु मेरो गल्ती भयो?
के सँगै नहुनु मेरो गल्ती भयो?
के एकपलको मात्र हाम्रो प्रीति थियो?
तिम्ले गर्दा मेरो जीवन घर न घाटको भयो
तिम्लाई खुशी मिल्दा मेरो दिलमा पहिरो गयो

तिम्ले नाता तोड्यौ अरे, मेरो तस्बिर फाल्यौ अरे
यो हल्ला छ, तिमीले
यो हल्ला छ, तिमीले मेरो विश्वास सेऱ्यौ अरे
तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे

यो हल्ला छ, तिमीले
यो हल्ला छ, तिमीले मेरो विश्वास सेऱ्यौ अरे
तिम्ले बाटो फेऱ्यौ अरे, अर्कैलाई हेऱ्यौ अरे



Credits
Writer(s): Tanka Budathoki, Tanka Budhathoki
Lyrics powered by www.musixmatch.com

Link