Sunana Piyari

सुन न, पियारी, भन न, पियारा
सुन न, पियारी, भन न, पियारा
सँगै जाने हो र? साँच्चै लाने हो र?
घरछेउमै धन्सार, जुनी काट्ने मन छ र?
सुपारी कुटुक्कै, पिरती लाम्ला सुटुक्कै

जीवनको भारी बिसाऊँ कि भनी तिमीलाई रोजेको
हाँसेर बोल, मनपेट खोल, किन भाउ खोजेको?
सपनीमा आउँछौ, मलाई बोलाउँछौ "मायालु" भनेर
झस्याङ्ङै हुन्छु, जुरुक्कै उठ्छु त्यही बोली सुनेर

सुन न, पियारी, भन न, पियारा
सँगै जाने हो र? साँच्चै लाने हो र?
घरछेउमै धन्सार, जुनी काट्ने मन छ र?
सुपारी कुटुक्कै, पिरती लाम्ला सुटुक्कै

ज्यान मेरो भयो सियोझैँ, हेर, तिमीलाई पर्खेर
सुखदुःखमा मै दिउँला साथ, नजाऊ है तर्केर
आँखामा तिम्रो तस्बिर मैले राख्याछु खिचेर
कहाँ बस्न सक्छु एक्लै म अब तिमीलाई बिर्सेर?

सुन न, पियारी, भन न, पियारा
सँगै जाने हो र? साँच्चै लाने हो र?
घरछेउमै धन्सार, जुनी काट्ने मन छ र?
सुपारी कुटुक्कै, पिरती लाम्ला सुटुक्कै

घरछेउमै धन्सार, जुनी काट्ने मन छ र?
सुपारी कुटुक्कै, पिरती लाम्ला सुटुक्कै



Credits
Writer(s): Basanta Sapkota
Lyrics powered by www.musixmatch.com

Link