Ma Geet Hu Timro

म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ न
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ

म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
दिल हौ, धड्कन हौ
तालमा ताल मिलाऊ न
गीत हौ, प्रीत हौ
स्वरमा सुर मिलाऊ न
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ

म गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ न
म दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ न
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ न



Credits
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link