Ek Din

एक दिन ऊ आयो मेरो जीवनमा
एक दिन...
मुस्कुरायो मलाई हेरेर त्यो दिन
अनि गीत मिठो बजि रहेथ्यो
हावा पनि मस्कि रहेथ्यो
उसको मेरो भेटमा
यो माया भन्ने चिजै नै यस्तो हो
समय चाहिंदैन एक दिन भए पुग्छ
अनि मैले थाहा पाएँ कति फरक पार्छ
(एक दिनले...)२
त्यो एक दिन मेरो हात समायो उसले
एक दिन...
मुटु भरि मेरो लागि मायाले
हामीले कुरा गर्यौ भविश्यको
घर बनायौ सपनाको
बाचा बाध्यौं मायाको
यो माया भन्ने चिजै नै यस्तो हो
समय चाहिंदैन एक दिन भए पुग्छ
अनि मैले थाहा पाएँ कति फरक पार्छ
(एक दिनले...)२
अनि ऊ अनि म सँगसँगै
हिडिंरहेछौं आज पनि
आई परेका बाधाहरु पन्छाउदै
अनि ऊ अनि म सँगसँगै
हिडिंरहेछौं आज पनि
सपनाहरु बुन्दै
अनि एकदिन ऊ आयो मेरो जीवनमा
अनि कहिल्यै गएन
यो माया भन्ने चिजै नै यस्तो हो
समय चाहिंदैन एक दिन भए पुग्छ
अनि मैले थाहा पाएँ कति फरक पार्छ
(एक दिनले...)४



Credits
Lyrics powered by www.musixmatch.com

Link