Yo Kasto Byetha Ho

यो कस्तो व्यथा हो लिएर मनमा
हिँडिरहेछु, हिँडिरहेछु?

यी भड्किरहेका पाइलालाई सोधेँ
के भो भनेर, "केही हैन", भन्छन्
यी चर्किरहेका भित्तालाई सोधेँ
के भो भनेर, "केही हैन", भन्छन्
यी सल्किरहेका आगोलाई सोधेँ
के भो भनेर, "केही हैन", भन्छन्

यो कस्तो रहर हो बोकेर एक्लै
हिँडिरहेछु, हिँडिरहेछु?
यो कस्तो व्यथा हो?



Credits
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com

Link