Timile Parai Thanepachhi Ta

तिम्ले पराई ठानेपछि पराई हुन के भयो र?
हो, तिम्ले पराई ठानेपछि पराई हुन के भयो र?
तिम्रो-मेरो बिचको नाता भन्नु पनि के रह्यो र?
तिम्रो-मेरो बिचको नाता भन्नु पनि के रह्यो र?

आखिर डाँडा काट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ
आखिर डाँडा काट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ

"हाँस्दा तिमीसँगै हाँस्छु, रुँदा सँगै रुन्छु", भन्थ्यौ
"तिमी बादल बन्यौ भने म त वर्षा हुन्छु", भन्थ्यौ
हो, "हाँस्दा तिमीसँगै हाँस्छु, रुँदा सँगै रुन्छु", भन्थ्यौ
"तिमी बादल बन्यौ भने म त वर्षा हुन्छु", भन्थ्यौ

बादलजस्तै फाट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ
बादलजस्तै फाट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ

"मलाई छोडी गयौ भने, पराई तिमी भयौ भने
फूलजस्तै झर्छु", भन्थ्यौ, "तिम्रो कसम, मर्छु", भन्थ्यौ
Hmm, "मलाई छोडी गयौ भने, पराई तिमी भयौ भने
फूलजस्तै झर्छु", भन्थ्यौ, "तिम्रो कसम, मर्छु", भन्थ्यौ

कसम खाई ढाँट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ
कसम खाई ढाँट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ

तिम्ले पराई ठानेपछि पराई हुन के भयो र?
हो, तिम्ले पराई ठानेपछि पराई हुन के भयो र?
तिम्रो-मेरो बिचको नाता भन्नु पनि के रह्यो र?
तिम्रो-मेरो बिचको नाता भन्नु पनि के रह्यो र?

आखिर डाँडा काट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ
आखिर डाँडा काट्नु रैछ
त्यो मन अन्तै साट्नु रैछ



Credits
Writer(s): Lokraj Adhikari
Lyrics powered by www.musixmatch.com

Link