Timro Yaad Le

तिम्रो यादले सताउँछ बेसरी
तिम्रो यादले सताउँछ बेसरी
वेदनाले आँखाबाट झार्दछ आँसु वर्षासरि
तिम्रो यादले सताउँछ बेसरी

तिमीलाई बिर्सी बाँच्न खोजेँ धेरै बेहोशीमा
तर मेरो मुटुभरि तिम्रो नै मात्र सम्झना
खोजिहेरेँ जिन्दगीलाई धेरै चोटि रित्त्याउन
तर कहिल्यै सकिन नि मेरो जीवन सिद्ध्याउन

तिम्रो वियोगले रुवायो यसरी
तिम्रो वियोगले रुवायो यसरी
मध्यरात एक्लोपनले झार्दछ आँसु वर्षासरि
तिम्रो यादले सताउँछ बेसरी

दिन टोलाई बस्छ मेरो, रात भिज्दछ सिरानी
पिरती आशाभित्र जिन्दगी भइगो बिरानो
जिउँदो लाश बन्यो जीवन, अँधेरी मेरो बिहानी
हिजोआज मेरो जीवन समाजलाई कहानी

तिम्रो छुटाइमा म बाँचूँ कसरी?
तिम्रो छुटाइमा म बाँचूँ कसरी?
तिम्रै सुर्ता, पिरतीले झार्दछ आँसु वर्षासरि
तिम्रो यादले सताउँछ बेसरी



Credits
Lyrics powered by www.musixmatch.com

Link