Badaliyo Aakash

जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आस
गुराँस देह देखाई भन्छ बदलिदो आकाश
बदलिदो आकाश, बदलिदो आकाश

नर र नारी विश्वमा सुन्दर इश्वोरको रचना, आ-हा
त्यो भन्दा पर जे जस्तो बन्यो मानिसकै कल्पना
बिरही गीत, निठुरी रीत, समाजको जनजल
मानिस-मानिस बिचको नाता रोक्ने परखाल

हटाऊ धुलो चलाही चोखो हिमाली बतास
गुराँस देह देखाई भन्छ बदलिदो आकाश
बदलिदो आकाश, बदलिदो आकाश, बदलिदो आकाश

रगत रातो सबैको हुन्छ, न जात न पात, आ-हा
हाँसो र आँसु एउटै हुन्छ, न छुवा न छुत
आकाश धर्ति सबैको लागि बनेको बराबर
त्यही पनि किन बडिनु पर्ने लगाई ठेगाना

मुटुको भाका एउटै भए फिजिंछ सुबाश
गुराँस देह देखाई भन्छ बदलिदो आकाश, बदलिदो आकाश



Credits
Writer(s): Gopal Yonjon
Lyrics powered by www.musixmatch.com

Link