Kaha Gayo

कहाँ गयो होला त्यो भीर गाउँले बूढो
कहाँ गयो होला त्यो भीर गाउँले बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो

पहाडमा घर छ सबै छन् भन्थ्यो
छोराबुहारीले सहेनन् भन्थ्यो
पहाडमा घर छ सबै छन् भन्थ्यो
छोराबुहारीले सहेनन् भन्थ्यो
दिएको लिन्थ्यो सघाईदिन्थ्यो
हाँसिरहन्थ्यो कहिलेकाहीँ रुन्थ्यो
आजकल देखिन्न त्यो कहानी गयो
आजकल देखिन्न त्यो कहानी गयो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो

वीरेको तेह्रदिनमा त्यो देखिएन
टारीको रोपाईँमा नि त्यो थिएन
वीरेको तेह्रदिनमा त्यो देखिएन
टारीको रोपाईँमा नि त्यो थिएन
सानीको डोली अरुले नै बोके
आउँदा जाँदा नि कतै भेटिएन
थला पर्यो कि बरै माटोले पुर्यो
थला पर्यो कि बरै माटोले पुर्यो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो

कहाँ गयो होला त्यो भीर गाउँले बूढो
कहाँ गयो होला त्यो भीर गाउँले बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बूढो



Credits
Lyrics powered by www.musixmatch.com

Link