Dali Dali

कुन्नि केमा म भुलेँ

डाली-डाली फूल फुल्यो
पात-पात म फुलेँ
फूल भुल्यो भमरामा, हो
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ

हो, डाली-डाली फूल फुल्यो
पात-पात म फुलेँ
फूल भुल्यो भमरामा
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ
कुन्नि केमा म भुलेँ

किन होला हिजोआज बरालिन्छ मन यो?
जति बाँधिराखूँ भन्छु उति उड्छ मन यो
किन होला हिजोआज बरालिन्छ मन यो?
जति बाँधिराखूँ भन्छु उति उड्छ मन यो

छाया एउटा सँगै डुल्छ जहाँ-जहाँ म डुलेँ
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ

डाली-डाली फूल फुल्यो
पात-पात म फुलेँ
फूल भुल्यो भमरामा, हो
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ
कुन्नि केमा म भुलेँ

को हो छाया बनी हिँड्ने, भनिदेने को होला?
जिन्दगीको साथी मेरो बनिदिने को होला?
को हो छाया बनी हिँड्ने, भनिदेने को होला?
जिन्दगीको साथी मेरो बनिदिने को होला?

वसन्तमा वन फुल्यो, कुन्नि कहिले म फुलेँ
फूल भुल्यो भमरामा, हो
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ

डाली-डाली फूल फुल्यो
पात-पात म फुलेँ
फूल भुल्यो भमरामा
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ

हो, डाली-डाली फूल फुल्यो
पात-पात म फुलेँ
फूल भुल्यो भमरामा, हो
फूल भुल्यो भमरामा
कुन्नि केमा म भुलेँ
कुन्नि केमा म भुलेँ

ला-ला-ला-ला, ला-ला-ला
ला-ला-ला-ला, ला-ला-ला
Mm-hm-hm-hm, hm-hm-hm



Credits
Writer(s): Tilok Newar
Lyrics powered by www.musixmatch.com

Link