Phailiyo Maya Dubosari

फैलियो माया दुबोसरि, कहिल्यै घटेन
फैलियो माया दुबोसरि, कहिल्यै घटेन
कहाँ राखूँ तिम्रो याद? दिलमा अटेन
फैलियो माया दुबोसरि, कहिल्यै घटेन

अमृतभन्दा मीठो लाग्छ मधुर त्यो बोली
अमृतभन्दा मीठो लाग्छ मधुर त्यो बोली
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोली
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोली

फैलियो माया दुबोसरि, कहिल्यै घटेन

भेटूँ-भेटूँ लाग्छ तिमीलाई गोधूलि साँझमा
भेटूँ-भेटूँ लाग्छ तिमीलाई गोधूलि साँझमा
रम्दैन यो मन जब फूलै फूलको माझमा
रम्दैन यो मन जब फूलै फूलको माझमा

फैलियो माया दुबोसरि, कहिल्यै घटेन
फैलियो माया दुबोसरि, कहिल्यै घटेन
कहाँ राखूँ तिम्रो याद? दिलमा अटेन
फैलियो माया दुबोसरि, कहिल्यै घटेन

कहिल्यै घटेन
कहिल्यै घटेन



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link