Yo Mutulai Kasari

यो मुटुलाई कसरी सम्झाई बुझाउँ
यो मुटुलाई कसरी सम्झाई बुझाउँ
पीर यो जिन्दगानीको सहारा एउटै भयो
हो
यो मुटुलाई कसरी सम्झाई बुझाउँ

बिरानो यो रात सम्झना दोहोराई जाने हो
दुइ मुठी यो सास कहिले छोडी जाने हो
पीर यो जिन्दगानीको सहारा एउटै भयो
हो
यो मुटुलाई कसरी सम्झाई बुझाउँ

कस्तो झुठो आशा त्यसै लागिरन्छ
बिपना त्यो जस्तो सपना खोजिरन्छ
पीर यो जिन्दगानीको सहारा एउटै भयो
हो
यो मुटुलाई कसरी सम्झाई बुझाउँ

जति भुलूँ भन्छु झनझन याद आउँछ
छाती भित्र सधैँ कस्तो ज्वाला जल्छ
पीर यो जिन्दगानीको सहारा एउटै भयो
हो
यो मुटुलाई कसरी सम्झाई बुझाउँ



Credits
Writer(s): Kusum Gajamer
Lyrics powered by www.musixmatch.com

Link