Hasna Lai Otha Khole (Female)

हाँस्नलाई ओठ खोलेँ, आँखाभरि आँसु भयो
हो, हाँस्नलाई ओठ खोलेँ, आँखाभरि आँसु भयो
बाँच्नलाई साथ रोजेँ, दुनियाँ टाढा भयो
बाँच्नलाई साथ रोजेँ, दुनियाँ टाढा भयो
यो मायाको संसारमा
यो मायाको संसारमा आज धेरै जाल भयो
आज धेरै जाल भयो
काँडेतारको बार लाएर यो मनलाई किन बाऱ्यौ?
काँडेतारको बार लाएर यो मनलाई किन बाऱ्यौ?
तिमी उड्यौ चरीसरि, पिञ्जरामा मलाई पाऱ्यौ
यस्तै गर्नु थियो भने मुटु साट्ने वाचा केलाई?
यस्तै गर्नु थियो भने मुटु साट्ने वाचा केलाई?
बहानामा टाढा भयौ जीवनभरि मन जलाई
बहानामा टाढा भयौ जीवनभरि मन जलाई

यो मायाको संसारमा
यो मायाको संसारमा आज धेरै जाल भयो
आज धेरै जाल भयो

यसरी नै बाँच्ने भएँ, तिम्रो यादले मलाई माऱ्यो
यसरी नै बाँच्ने भएँ, तिम्रो यादले मलाई माऱ्यो
दोबाटोमै पुग्न नपाई गोरेटोमै एक्लो पाऱ्यो
तिम्रो लागि बाँच्छु भन्दा आफै भित्र लागेँ मर्न
तिम्रो लागि बाँच्छु भन्दा आफै भित्र लागेँ मर्न
कहिलेदेखि सिक्यौ, भन, मुटुभित्र तीर छेड्न?
कहिलेदेखि सिक्यौ, भन, मुटुभित्र तीर छेड्न?

हाँस्नलाई ओठ खोलेँ, आँखाभरि आँसु भयो
बाँच्नलाई साथ रोजेँ, दुनियाँ टाढा भयो
बाँच्नलाई साथ रोजेँ, दुनियाँ टाढा भयो
यो मायाको संसारमा
यो मायाको संसारमा आज धेरै जाल भयो
आज धेरै जाल भयो



Credits
Lyrics powered by www.musixmatch.com

Link