Yaad Le Timro

यादले तिम्रो मलाई सताउँछ जब एक्लो हुन्छु म
पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ

अतीतले मलाई सधैँ झस्काउँछ जब रहर गुन्छु म
उमङ्ग आउँछ, फेरि जान्छ, अनि उदास हुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ

यादले तिम्रो मलाई सताउँछ जब एक्लै हुन्छु म
पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link