Timi chau ma sanga

तिमी छौ मसँग, अरू के चाहियो र?
तिमी छौ मसँग, अरू के चाहियो र?
बाँकी दुनियाँसँग केको डर रह्यो र?
तिमी छौ मसँग, अरू के चाहियो र?

म चाहन्छु तिमी ममै हराऊ
मेरो जीवनमा नयाँ रीत बसाऊ
हो, म चाहन्छु तिमी ममै हराऊ
मेरो जीवनमा नयाँ रीत बसाऊ

खोजेर नयाँ जून तिमीलाई सजाऊँ
नओइलिने कुनै फूल तिमीमा चढाऊँ
नओइलिने कुनै फूल तिमीमा चढाऊँ

तिमी छौ मसँग, अरू के चाहियो र?

यो तृष्णा होइन, न हो इच्छा मेरो
तिम्रो हृदयमा छवि बसिरहोस् मेरो
हो, यो तृष्णा होइन, न हो इच्छा मेरो
तिम्रो हृदयमा छवि बसिरहोस् मेरो

हरेक नयाँ दिन तिम्रै लागि आओस्
तिमीलाई छुँदै घामले लाली पाओस्
तिमीलाई छुँदै घामले लाली पाओस्

तिमी छौ मसँग, अरू के चाहियो र?
तिमी छौ मसँग, अरू के चाहियो र?
बाँकी दुनियाँसँग केको डर रह्यो र?
तिमी छौ मसँग, अरू के-? ला-ला-ला, ला



Credits
Writer(s): Kamal Krishna
Lyrics powered by www.musixmatch.com

Link