Mirmire Usha Ma

मिरमिरे उषामा उनको गीत गाऊँ-गाऊँ, गाऊँ लाग्छ
मेरी मायालु कति राम्री, कति राम्री, परैबाट डाकूँ लाग्छ
मेरी मायालु

त्यो कलिलो बैँसमा हाँसी, गाई, नाची हिँड्ने
जुनेलीझैँ यो धर्तीमा उज्यालो लिई छाउने
उज्यालो लिई छाउने

बतासमा लहलह झुल्ने ती काला-काला केश
फूलबाट चियाउने फूलैफूलको उनको देश
फूलैफूलको उनको देश

पहराको शिलामा उनको गीत लेखूँ-लेखूँ, लेखूँ लाग्छ
मेरी मायालु

चाँदनीको घुम्टो ओढी सुरेली खेल्दै आउने
जिन्दगीका रहर कति अजम्बरी प्रीति लाउने
अजम्बरी प्रीति लाउने

कुहिरोले डाँडा ढाकिए चल्छ विरहको लहर
बादल छेउ उनको घर, पाइँदैन केही खबर
पाइँदैन केही खबर

तारालाई रातमा उनको हाल सोधूँ-सोधूँ, सोधूँ लाग्छ
मिरमिरे उषामा उनको गीत गाऊँ-गाऊँ, गाऊँ लाग्छ
मेरी मायालु

मेरी मायालु
मेरी मायालु



Credits
Lyrics powered by www.musixmatch.com

Link