Bhana Lau Maya

भन लौ, माया
भन लौ, माया, तिमीलाई गीतमै कथिदिऊँ कि?
सबै, म सबै तिम्रो कुरा
सबै, म सबै तिम्रो कुरा गीतमै लेखिदिऊँ कि, गीतमै लेखिदिऊँ कि?
भन लौ, माया

लाली ओठमा फक्रने फूलको बातै लेखौँ कि त?
लाली ओठमा फक्रने फूलको बातै लेखौँ कि त?
नशालु तिम्रो नजरको मातै लेखौँ कि त, मातै लेखौँ कि त?

भन लौ, माया

थरथराउँदै दिएको त्यही लेखिदिऊँ कि फूल?
थरथराउँदै दिएको त्यही लेखिदिऊँ कि फूल?
कि भने, माया, लेखिदिऊँ कि पहिलो-पहिलो भूल, पहिलो-पहिलो भूल?

भन लौ, माया
भन लौ, माया, तिमीलाई गीतमै कथिदिऊँ कि?
सबै, म सबै तिम्रो कुरा
सबै, म सबै तिम्रो कुरा गीतमै लेखिदिऊँ कि, गीतमै लेखिदिऊँ कि?
भन लौ, माया

भन लौ, माया
भन लौ, माया
भन लौ, माया



Credits
Writer(s): Kali Prasad Rijal
Lyrics powered by www.musixmatch.com

Link