Aaja

सम्झी ल्याउँदा आँसु बहन्छ
दोहरिन्छ त्यो कथा
आज यो छातीमा, आज यो हृदयमा

कथा हो कि व्यथा हो यो?
कोही आई बुझाइदेऊ
आज यो मनलाई, आज यो तनलाई

झस्काउँछु म कहिले आफैलाई
के भो यहाँ? के हुने हो?
बुझाउँछु म अब आफैलाई
जे भो यहाँ, भइसक्यो

झस्काउँछु म कहिले आफैलाई
के भो यहाँ? के हुने हो?
बुझाउँछु म अब आफैलाई
जे भो यहाँ, भइसक्यो

फर्की हेर्दा बिर्सूँ झैँ लाग्छ
मेटिन्न त्यो भावना
आज यो मुटुमा, आज यो गीतमा
आज यो छातीमा, आज यो हृदयमा

रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा
रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा
रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा



Credits
Writer(s): Adrian Pradhan
Lyrics powered by www.musixmatch.com

Link