Maya Gareni

माया गरे नि, घृणा गरे नि
माया त मर्दैन
माया त माया हो, केही फरक पर्दैन
माया गरे नि, घृणा गरे नि
माया त मर्दैन
माया त माया हो, केही फरक पर्दैन

तिमी बिनाको म, म सोच्नै सक्दिनँ
जीवनको अर्थ म बुझ्नै सक्दिनँ
फूल बिनाको भमरा, पानी बिनाको छहरा
म सोच्नै सक्दिनँ, सोच्नै सक्दिनँ

हो, रिस गरे नि, माफ गरे नि
माया त मर्दैन
माया त माया हो, केही फरक पर्दैन

तिमी बिना मेरो नाम, म भन्नै सक्दिनँ
खुशीको विकल्प म रोज्नै सक्दिनँ
बादल बिनाको आकाश, तिमी बिनाको संसार
म सोच्नै सक्दिनँ, सोच्नै सक्दिनँ

हो, चूप लागे नि, बोलि रहे नि
माया त मर्दैन
माया त माया हो, केही फरक पर्दैन
माया गरे नि, घृणा गरे नि
माया त मर्दैन
माया त माया हो, केही फरक पर्दैन



Credits
Lyrics powered by www.musixmatch.com

Link