Pardesh Gayera

परदेश गएर बिर्स्यौ कि मलाई?
बसेकी छु बाटो हेरेर
परदेश गएर बिर्स्यौ कि मलाई?
बसेकी छु बाटो हेरेर

तिमी मेरो पूजा, प्रेम तिमी हौ
तिमी मेरो पूजा, प्रेम तिमी हौ
तिमी नै हौ मेरो मनमन्दिर
सिउँदोमा तिम्रो नामको सिन्दुर
छ यो मेरो तक्दिर

परदेश गएर बिर्स्यौ कि मलाई?
बसेकी छु बाटो हेरेर

हुलाकीले ल्याउँछ भनी बसेकी छु
हुलाकीले ल्याउँछ भनी बसेकी छु
कहिले खबर मेरो मितको
एकदिन आउँछौ फर्किएर
विश्वास छ मेरो प्रीतको

परदेश गएर बिर्स्यौ कि मलाई?
बसेकी छु बाटो हेरेर
परदेश गएर बिर्स्यौ कि मलाई?
बसेकी छु बाटो हेरेर



Credits
Lyrics powered by www.musixmatch.com

Link