Lukayera Chati Bhitra

लुकाएर छातीभित्र मीठामीठा कुरा
आँखाहरू नबोले नि बजे तिम्रा चुरा
लुकाएर छातीभित्र मीठामीठा कुरा
आँखाहरू नबोले नि बजे तिम्रा चुरा
लुकाएर छातीभित्र मीठामीठा कुरा

तप्किँदै छ पानीथोपा केशराशिबाट
तप्किँदै छ पानीथोपा केशराशिबाट
लजाएरै हो कि, तिम्रो काँपेको छ ओठ
लजाएरै हो कि, तिम्रो काँपेको छ ओठ

नचलाऊ अन्तरमा नदेखिने छुरा
नचलाऊ अन्तरमा नदेखिने छुरा

लुकाएर छातीभित्र मीठामीठा कुरा
आँखाहरू नबोले नि बजे तिम्रा चुरा
लुकाएर छातीभित्र मीठामीठा कुरा

नछोएरै छामेको छु तिम्रो ढुकढुकी
नछोएरै छामेको छु तिम्रो ढुकढुकी
सपनीमा सताउँछ्यौ किन लुकीलुकी?
सपनीमा सताउँछ्यौ किन लुकीलुकी?

दुख्छ मुटु जब-जब हुन्छ्यौ तिमी दूर
दुख्छ मुटु जब-जब हुन्छ्यौ तिमी दूर

लुकाएर छातीभित्र मीठामीठा कुरा
आँखाहरू नबोले नि बजे तिम्रा चुरा
लुकाएर छातीभित्र मीठामीठा कुरा
आँखाहरू नबोले नि बजे तिम्रा चुरा
लुकाएर छातीभित्र मीठामीठा कुरा



Credits
Lyrics powered by www.musixmatch.com

Link