Aaja Malai

आज मलाई मुटुभित्र ठूलो चोट पारेछ
माया दिने निष्ठुरीले किन माया मारेछ?
आज मलाई मुटुभित्र ठूलो चोट पारेछ
माया दिने निष्ठुरीले किन माया मारेछ?
हिजोसम्म मेरो माया उसलाई कति ठूलो भो
आज उसलाई मेरो माया पैतालाको धूलो भो

ए माया, माया भन्ने के हो, खै कुन्नि?
संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी

देवीदेउता साक्षी राखी सिन्दूर-पोते लाएको
फेरि किन त्यो मनभित्र घृणा जागी आएको?
देवीदेउता साक्षी राखी सिन्दूर-पोते लाएको
फेरि किन त्यो मनभित्र घृणा जागी आएको?
मौसम बद्लिएझैँ त्यो मन बदलिएछ
मैले दिने माया उसलाई आज कसले दिएछ?

ए माया, माया भन्ने के हो, खै कुन्नि?
संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी

सलाई कोरी यो मनभित्र आगो लगाइदियौ नि
छुरी धसी मुटुभित्र रगत बगाइदियौ नि
सलाई कोरी यो मनभित्र आगो लगाइदियौ नि
छुरी धसी मुटुभित्र रगत बगाइदियौ नि
उसलाई मैले माया गर्नु ठूलो भूल भएछ
उसको वाचा, उसको कसम सबै झूटो रहेछ

ए माया, माया भन्ने के हो, खै कुन्नि?
संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी

छाडिजाने निष्ठुरीलाई अब कसो गरूँ?
जिन्दगीको लामो यात्रा कसरी गुजारूँ?
छाडिजाने निष्ठुरीलाई अब कसो गरूँ?
जिन्दगीको लामो यात्रा कसरी गुजारूँ?
साथी सबै सोध्छन् सधैँ, "तिमीलाई के भयो?"
सिसा फुटे जस्तै गरी माया फुटी गयो

ए माया, माया भन्ने के हो, खै कुन्नि?
संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी

संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी
संसारमा सबैभन्दा माया बैगुनी



Credits
Lyrics powered by www.musixmatch.com

Link