Jaba Jaba Nisas

जब-जब निसास लाग्छ, पल-पल उदास लाग्छ
तिम्रो सामु आई रोइदिन मन लाग्छ
जब-जब निसास लाग्छ, पल-पल उदास लाग्छ
तिम्रो सामु आई रोइदिन मन लाग्छ
जब-जब निसास लाग्छ...

थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नगिच म आउँछु मनको थकाइ मेट्न
थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नगिच म आउँछु मनको थकाइ मेट्न

बादल जस्तै पग्लिएर पीर पोख्न मन लाग्छ
तिम्रो सामु आई रोइदिन मन लाग्छ
जब-जब निसास लाग्छ...

निश्छल मुहार तिम्रो, मेरो सुखको मुहान
तिम्रो मिठो बचन नै सन्तोषको बिहान
निश्छल मुहार तिम्रो, मेरो सुखको मुहान
तिम्रो मिठो बचन नै सन्तोषको बिहान

संसार नै बिर्सिएर तिमीलाई हेर्न मन लाग्छ
तिम्रो सामु आई रोइदिन मन लाग्छ
जब-जब निसास लाग्छ, पल-पल उदास लाग्छ
तिम्रो सामु आई रोइदिन मन लाग्छ
रोइदिन मन लाग्छ



Credits
Writer(s): Kiran Kharel, Tara Devi
Lyrics powered by www.musixmatch.com

Link