Kahile Pet Bharne

हो-हो, हो-हो, hm-hm, hm-hm

कहिले पेट भर्ने हो?
कहिले भोटो फेर्ने हो?

हाम्रो गाउँको ज्यामी कान्छो आँसु पिउँदै मर्ने भो

कहिले पेट भर्ने हो?
कहिले भोटो फेर्ने हो?

ला-ला-ला-ला, ला-ला, ला-ला-ला
ला-ला-ला-ला, ला-ला, ला-ला-ला

"फेरियो रे देश" भन्छन्, उसको दिन फेरिएन

"फेरियो रे देश" भन्छन्, उसको दिन फेरिएन
कुन्नि, के के नीति बने, उसको हित फेरिएन

सहिदको रगत के, उसको लागि पानी भो

कहिले पेट भर्ने हो?
कहिले भोटो फेर्ने हो?

"बाटोघाटो खुल्यो" भन्छन्, उसको जाने ठाउँ छैन

"बाटोघाटो खुल्यो" भन्छन्, उसको जाने ठाउँ छैन
अँध्यारो छ आँखाभरि, उज्यालोको नाउँ छैन

"उसको पनि देश हो यो" कहिले भन्न थाल्ने हो?

कहिले पेट भर्ने हो?
कहिले भोटो फेर्ने हो?

हाम्रो गाउँको ज्यामी कान्छो आँसु पिउँदै मर्ने भो

कहिले पेट भर्ने हो?
कहिले भोटो फेर्ने हो?



Credits
Lyrics powered by www.musixmatch.com

Link