Aakha Chopee Narou

"आँखा छोपी नरोऊ", भनी भन्नुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ
"आँखा छोपी नरोऊ", भनी भन्नुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ

भोलि उठी कहाँ जाने, केही थाहा छैन
फर्की आउने हो कि होइन, केही थाहा छन
भोलि उठी कहाँ जाने, केही थाहा छैन
फर्की आउने हो कि होइन, केही थाहा छन

वाचा, "छिटै आउँछु", भनी गर्नुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ

छातीभरि गाउँ-बेँसी, पखेरीको छाया
आँखाभरि मेलापात, मायालुको माया
छातीभरि गाउँ-बेँसी, पखेरीको छाया
आँखाभरि मेलापात, मायालुको माया

आफैलाई छाडी कतै जानुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ

भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो
परेलीका ओठबाट आँसु झरिरह्यो
भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो
परेलीका ओठबाट आँसु झरिरह्यो

कुल्चिएर आफैलाई हिँड्नुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ

"आँखा छोपी नरोऊ", भनी भन्नुपर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ
हाँस्नुपर्या छ



Credits
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com

Link