Chanchale

चञ्चले-चञ्चले, गण्डकी अञ्चले
गण्डकी अञ्चल, पोखरा बजार
पोखराको बजार, मान्छे हजार
तर तिमीसित मेरो, पियारी, भइगो पियार
तर तिमीसित मेरो, पियारी, भइगो पियार

चञ्चले-चञ्चले, गण्डकी अञ्चले
गण्डकी अञ्चल, पोखरा बजार
पोखराको बजार, लडका हजार
यति चाँडै कसैसित मेरो, बाबै, हुन्न पियार
यति चाँडै कसैसित मेरो, बाबै, हुन्न पियार

चुरोटखैनी खाने छ कि छैन बानी?
पढाइलेखाइ कति छ? What? केमा नि?

पोखराको बजार, लडका हजार
MA पढ्ने केटोसित मेरो, बाबै, हुन्छ पियार
MA पढ्ने केटोसित मेरो, बाबै, हुन्छ पियार

झूटो बोल्न जान्दिन, चुरोटखैनी खाँदिन
पढाइ सकियो क्याम्पसमा, आजकाल कामको खोजीमा

पोखरा नगर, टुरिस्ट हजार
तर तिमीसित मेरो, पियारी, भइगो पियार
तर तिमीसित मेरो, पियारी, भइगो पियार
साह्रै नै आनन्द पोखरा नगर
पोखरा नगर, हिमाल झलल
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार

हे, मेरो मुटु पोखरै हो, तिमी बस न
आँखा मेरो फेवाताल, रूपाताल, तालमा डुब न
आँखा मेरो फेवाताल, रूपाताल, तालमा डुब न
हे, मेरो मुटु पोखरै हो, तिमी बस न
आँखा मेरो फेवाताल, रूपाताल, तालमा डुब न
आँखा मेरो फेवाताल, रूपाताल, तालमा डुब न

चाँडै डुब तालैमा, बिहे यसै सालैमा
चाँडै डुब तालैमा, बिहे यसै सालैमा
लौ न, बाबा, सानैमा पाऱ्यो मायाजालैमा
लौ न, बाबा, सानैमा पाऱ्यो मायाजालैमा

चञ्चले-चञ्चले, गण्डकी अञ्चले
गण्डकी अञ्चल, पोखरा बजार
पोखराको बजार, मान्छे हजार
तर तिमीसित मेरो, पियारी, भइगो पियार
तर तिमीसित मेरो, पियारी, भइगो पियार

साह्रै नै आनन्द पोखरा नगर
पोखरा नगर, हिमाल झलल
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार

मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार
मेरो पनि सधैँ पोखरामै, हजुर, बस्ने विचार



Credits
Writer(s): Hari Bangsa Aacharya
Lyrics powered by www.musixmatch.com

Link