Ma ta Chupchap

म त चुपचाप बसेँ
मौनताले बोलिदियो
म त चुपचाप बसेँ
मौनताले बोलिदियो
मनको कुरा मनमै राखेँ
तर मनले खोलिदियो
म त चुपचाप बसेँ

आधारत हाँसिरहे
अन्तरले रोइदियो
आधारत हाँसिरहे
अन्तरले रोइदियो
परेलीको आँशु पुछेँ
तरेलीमा बाँकि रह्यो

देखाउन खोजे खुशी
खुशीले नै पोलिदियो
अंग सबै मौन थिए
रंगले नै बोलिदियो
म त चुपचाप बसेँ

जति जति ढाँटु भने
मुटुले नै कुटिदियो
जति जति ढाँटु भने
मुटुले नै कुटिदियो
पहराको छातीपारि
छहरा झैँ फुटिदियो

बिपनाको एउटा कुरा
सपनामा अल्झिरह्यो
आफुले त भुल्न खोजे
सम्झनाले सम्झिरह्यो

म त चुपचाप बसेँ
मौनताले बोलिदियो
मनको कुरा मनमै राखेँ
तर मनले खोलिदियो
म त चुपचाप बसेँ



Credits
Writer(s): Deepak Jangam
Lyrics powered by www.musixmatch.com

Link