Dui Dinko Yo Jindagani

दुई दिनको यो जिन्दगानी बुझेर बुझ्नै नसक्ने

संसारमा दोहोरिरहने मिलन-बिछोडको कहानी

हो, यहाँ जीवन सधैँ निरन्तर बगिरहन्छ
हो, यहाँ जीवन सधैँ निरन्तर बगिरहन्छ
घामछाया जस्तै हो यो, उज्यालो, अँध्यारो भइरहन्छ

सपना र विपनाको भेट हो दुई दिनको यो जिन्दगानी

दुई दिनको यो जिन्दगानी बुझेर बुझ्नै नसक्ने

हो, नयाँ सृष्टिसँगै चिहानको जन्म हुन्छ
हो, नयाँ सृष्टिसँगै चिहानको जन्म हुन्छ
आदि र अन्त्यको खेल यो संसारमा दोहोरिरहन्छ

खुशी र पीडाको सङ्गम हो दुई दिनको यो जिन्दगानी

दुई दिनको यो जिन्दगानी बुझेर बुझ्नै नसक्ने
संसारमा दोहोरिरहने मिलन-बिछोडको कहानी
दुई दिनको यो जिन्दगानी बुझेर बुझ्नै नसक्ने

बुझेर बुझ्नै नसक्ने
बुझेर बुझ्नै नसक्ने
बुझेर बुझ्नै नसक्ने

Credits
Writer(s): Suk Gurung
Lyrics powered by www.musixmatch.com

Link