Ranibanma

रानीबनमा भेटौँला
रानीबनमा भेटौँला, काफल, किम्बु खाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
माछी तालैमा, बल्छीले तानूँ कि मायाजालैमा?
बल्छीले तानूँ कि मायाजालैमा?

कति बस्छ्यौ झ्यालबाट लुकी हेरेर?
जाला उमेर बैँसमै ऐना हेरेर
कति बस्छ्यौ झ्यालबाट लुकी हेरेर?
जाला उमेर बैँसमै ऐना हेरेर
टाकटुक-टाकटुक गरेर तिम्लाई बोलाउँला
आउनू तिमी झ्यालबाट हाम फालेर

चिलगाडी सरर, माया, तिम्रो मुहारमा कस्तो मन्तर?
माया, तिम्रो मुहारमा कस्तो मन्तर?

रानीबनमा भेटौँला
रानीबनमा भेटौँला, काफल, किम्बु खाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
माछी तालैमा, बल्छीले तानूँ कि मायाजालैमा?
बल्छीले तानूँ कि मायाजालैमा?

वारि बन, पारि बन बीचमा सिस्नु झार
किन बस्छौ घरमा नै, आमाबाउलाई भार?
वारि बन, पारि बन बीचमा सिस्नु झार
किन बस्छौ घरमा नै, आमाबाउलाई भार?
पञ्चेबाजा बजाएर लैजाउँला तिमीलाई
आउने भए आऊ, माया, जीवनभरिलाई

चिलगाडी सरर, माया, तिम्रो मुहारमा कस्तो मन्तर?
माया, तिम्रो मुहारमा कस्तो मन्तर?

रानीबनमा भेटौँला
रानीबनमा भेटौँला, काफल, किम्बु खाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
कान्छी, तिम्लाई मोटर चढाई त्रिशूली घुमाउँला
माछी तालैमा, बल्छीले तानूँ कि मायाजालैमा?
बल्छीले तानूँ कि मायाजालैमा?

कान्छी, तिमीलाई लैजाउँला यही सालैमा
बल्छीले तानूँ कि मायाजालैमा?
बल्छीले तानूँ कि मायाजालैमा?
कान्छी, तिमीलाई लैजाउँला यही सालैमा

Credits
Writer(s): Kishor Gurung
Lyrics powered by www.musixmatch.com

Link