Hamro Sano

हाम्रो सानो घर हुनेछ
जहाँ सधैँ खुशीयाली छाओस्
हाम्रो आफ्नै संसार हुनेछ
जहाँ सधैँ हाँसो झुलोस्

छैनौँ साथ त, के भो आज?
धैर्य गरेर मनलाई बाँध
बिछोड हो यो, केही दिनको मात्र
बिछोड यो हो, केही छिनको मात्र
हाम्रो मिलन अब चाँडै हुन्छ
हाम्रो मिलन अब चाँडै हुन्छ

हाम्रो सानो घर हुनेछ
जहाँ सधैँ खुशीयाली छाओस्

जब तिमीबाट टाढा पुगेँ म
नयाँ परिवेशमा रम्नै सकिनँ
Telephone मा तिम्रो आवाज सुनेर
सारा दु:ख, पीडा बिर्सिन्थेँ म

छैनौँ साथ त, के भो आज?
धैर्य गरेर मनलाई बाँध
बिछोड हो यो, केही दिनको मात्र
बिछोड यो हो, केही छिनको मात्र
हाम्रो मिलन अब चाँडै हुन्छ
हाम्रो मिलन अब चाँडै हुन्छ

हाम्रो सानो घर हुनेछ
जहाँ सधैँ खुशीयाली छाओस्
हाम्रो आफ्नै संसार हुनेछ
जहाँ सधैँ हाँसो झुलोस्

हाम्रो मिलन अब चाँडै हुन्छ (हाम्रो सामु)
हाम्रो मिलन अब चाँडै हुन्छ (हाम्रो मिलन)
चाँडै हुन्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link