Hat Jodi Swagat Garnu

हात जोडी स्वागत गर्नु यहाँको चलन रे
ओठमा मुस्कान, हाम्रो मुटुमा जलन रे

नक्कली माया यहाँ किन्न पाइन्छ रे
नक्कली माया यहाँ किन्न पाइन्छ रे
माया पाउन यहाँ नोट चाहिन्छ रे
माया पाउन यहाँ नोट चाहिन्छ रे
नक्कली माया यहाँ किन्न पाइन्छ रे

म त आफ्नो बैँसालु ओठ, नजर बेच्छु रे
म त आफ्नो बैँसालु ओठ, नजर बेच्छु रे
वसन्तको फूलजस्तो रूप बेच्छु रे

म त बढाइदिन्छु, हो
म त बढाइदिन्छु सबको मुटुको झङ्कार
आउनेजाने पाउनालाई मेरो नमस्कार

नक्कली माया यहाँ किन्न पाइन्छ रे

दुःख सारा भुलाई नयाँ जीवन दिन्छु रे
दुःख सारा भुलाई नयाँ जीवन दिन्छु रे
दुःख सारा भुलाई नयाँ जीवन दिन्छु रे
अङ्गबाट छछल्किने यौवन दिन्छु रे

पाउनाहरू हाम्रो, ओ, ओ
पाउनाहरू हाम्रो खुसी मारिदिन्छन् रे
कोपिलामै फूल बनाई झारिदिन्छन् रे

नक्कली माया यहाँ किन्न पाइन्छ रे
नक्कली माया यहाँ किन्न पाइन्छ रे
माया पाउन यहाँ नोट चाहिन्छ रे
माया पाउन यहाँ नोट चाहिन्छ रे
नक्कली माया यहाँ किन्न पाइन्छ रे



Credits
Lyrics powered by www.musixmatch.com

Link