Yo Nepali

यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
जुनकीरी झैं ज्योति बालि, अन्धकारमा चम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

चाहे झुकोस निलो आकाश, यो नेपाली झुक्दैन
चाहे झुकोस निलो आकाश, यो नेपाली झुक्दैन
चाहे रुकोस चिसो बतास, यो नेपाली रुक्दैन
चाहे रुकोस चिसो बतास, यो नेपाली रुक्दैन
जुनकीरी झैं ज्योति बालि, अन्धकारमा चम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

एकातिर तराइको चारकोसे झाडी छ
एकातिर तराइको चारकोसे झाडी छ
अर्कोतिर उच्च शिर ठुल्ठुला पहाडी छ
अर्कोतिर उच्च शिर ठुल्ठुला पहाडी छ
जुनकीरी झैं ज्योति बालि, अन्धकारमा चम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

जन्मे यहीँ गौतम बुद्ध, शान्तिका अग्रदुत
जन्मे यहीँ गौतम बुद्ध, शान्तिका अग्रदुत
सगरमाथा विजयी गर्ने, यही देशका हुन् सपूत
सगरमाथा विजयी गर्ने, यही देशका हुन् सपूत
जुनकीरी झैं ज्योति बालि, अन्धकारमा चम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ
यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ



Credits
Writer(s): Bhupi Sherchan, Natikaji
Lyrics powered by www.musixmatch.com

Link