Chumera Sugandhi Phool

चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन
चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन
देखेर मोहनी रूप मुस्काइदिन्छ गगन
हो, मुस्काइदिन्छ गगन
गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन
गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन
सम्झेर मीठो अतीत टोलाइदिन्छ यो मन
हो, टोलाइदिन्छ यो मन
चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन

पोखेर लाली जिस्किन्छ मौसम
मस्केर डाली ल्याइदिन्छ रमझम
पोखेर लाली जिस्किन्छ मौसम
मस्केर डाली ल्याइदिन्छ रमझम

सुन्दर आँखामा, मधुर भाखामा
हो, सुन्दर आँखामा, मधुर भाखामा

छलछलाइदिँदा है प्रीत, गुलाबी भइदिन्छ तन
देखेर मोहनी रूप मुस्काइदिन्छ गगन
हो, मुस्काइदिन्छ गगन
गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन

खुशीको बिहानी, आँखाको नानी
तिमी नै मेरो यो जिन्दगानी
खुशीको बिहानी, आँखाको नानी
तिमी नै मेरो यो जिन्दगानी

हेरी यो मिलन रङ्गिन्छ वातावरण
हो, हेरी यो मिलन रङ्गिन्छ वातावरण

गुनगुनाई मायाको गीत गाइदिन्छ ढुकढुकी झन्
सम्झेर मीठो अतीत टोलाइदिन्छ यो मन
हो, मुस्काइदिन्छ गगन
गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन
देखेर मोहनी रूप मुस्काइदिन्छ गगन

हो, टोलाइदिन्छ यो मन
हो, मुस्काइदिन्छ गगन
हो, टोलाइदिन्छ यो मन
हो, मुस्काइदिन्छ गगन



Credits
Lyrics powered by www.musixmatch.com

Link